logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • सरकारले ल्याएको नागरिकता विधेयक पश्चगामी: सांसद झा

    सरकारले ल्याएको नागरिकता विधेयक पश्चगामी: सांसद झा

    4.3K
    Shares
    सरकारले ल्याएको नागरिकता विधेयक पश्चगामी: सांसद झा

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद अनिलकुमार झाले सरकारले ल्याएको नागरिकता विधेयक पश्चगामी भएको टिप्पणी गरे । उनले अंगीकृत नागरिकहरुको नागरिकता दिने विषयमा विधेयक पश्चगामी रहेको बताए ।

    उनले भने– ‘पहिलेको जुन नागरिकता सम्बन्धी ऐन थियो, त्यसभन्दा यो पश्चगामी हो । त्यसमा भएका विषयवस्तुहरु मध्ये कतिपयलाई यसले समेट्न सकेको छैन । तर जसको आमा र बाबु दुवै नेपाली नागरिक छ र सन्तानको नागरिकता थिएन । उस्को काम यसले अगाडी बढ्छ भन्ने हामीलाई विश्वास छ । तर नेपाल बाहिरकी छोरीहरु जो नेपालमा विवाह गरेर बुहारी बनेर आउँछिन् । उनीहरुको नागरिकताको बारेमा यो विधेयक अहिलेपनि पश्चगामी छ । र अंगीकृत नागरिकहरुको नागरिकता दिने विषयमा पनि यो विधेयक पहिलेको ऐन, कानूनभन्दा पश्चगामी छ । त्यसैले समग्रमा यो विधेयकले नागरिकता समस्याको सर्वकालिक समाधान र सबै प्रकारले समाधान गर्दैन । आशिंक रुपले भएपनि नागरिकता सम्बन्धी यो विधेयक पास भएपछि समस्या थप समाधान हुन्छ भन्ने कुरा हो ।’

    सांसद झाले विधेयकले नागरिकता सम्बन्धी सबै प्रकारको समस्याको समाधान नगर्ने बताए । उनले नागरिकता सम्बन्धी समस्या विधेयक पारित भएपछि आशिंक रुपमा समाधान हुने उल्लेख गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend