logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • समितिबाट पारित गरेर संसदमा पठाएका विधेयक तत्काल पास गर्नुपर्छः सांसद पाण्डे

    समितिबाट पारित गरेर संसदमा पठाएका विधेयक तत्काल पास गर्नुपर्छः सांसद पाण्डे

    7.9K
    Shares
    समितिबाट पारित गरेर संसदमा पठाएका विधेयक तत्काल पास गर्नुपर्छः सांसद पाण्डे

    काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले समितिबाट पारित गरेर संसदमा पठाएका विधेयक तत्काल पास गर्नुपर्ने बताइन् । उनले समितिबाट संसदमा गएर विधेयकहरु अड्किरहँदा अर्कोपल्ट पुनः शुन्यबाट काम शुरु गर्नुपर्ने भन्दै तत्काल विधेयकहरु संसदबाट पारित गर्नुपर्ने माग गरिन् ।

    उनले नीति अनुसन्धान प्रतिष्ठानले सरकारले बनाएका नीति कार्यक्रमलाई कार्यान्वयन गर्ने स्थिति कस्तो छ र जनतासमक्ष कार्यान्वयन कति भइरहेको भन्ने कुरालाई नियालेर अहिलेको समाजअनुसार परिमार्जन गर्ने कुरामा सहयोग गर्ने विश्वास लिएको बताइन् ।

    उनले भनिन्, ‘हामीले जतिपनि काम गरेर आएका विधेयकहरु छन्, एक ठाउँबाट अर्को ठाउँमा गएर अड्किए भने अर्कोपल्ट फेरि यो शुन्यबाट शुरु गर्नुपर्छ । त्यसैले हामीले जतिपनि यो कार्यकालमा गरेका मिहेनत र साधन, श्रोत खेरजाने स्थिति हुन्छ, त्यसलाई ध्यानमा राखौँ । नीति तथा कार्यक्रममा पनि योजना आयोग अन्तर्गत अर्को एउटा संयन्त्र बनाउने भन्ने खालको कुराले कतै यसको अल्टरमा त होइन ? भन्ने खालको आशंकाहरु उठेका थिए । योजना आयोग नेपाल सरकारलाई नीति बनाउन सहयोग गर्ने संयन्त्र हो, नीति प्रतिष्ठानको कुरा जुन छ, हामीले बनाएका नीति, कार्यक्रमलाई कार्यान्वयन गर्ने स्थिति के गरेको छ र कार्यान्वयन भएर जाँदा अहिलेको समयको माग र समाजमा आएको परिवर्तनलाई यसले छुन सकेको छ कि छैन ? छैन भने कसरी परिमार्जन गर्नुपर्छ ? भनेर बौद्धिक, प्राज्ञिक समुदायसँग छलफल गर्ने र सरकारलाई जानकारी गराउने हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend