logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • तत्कालिन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प छैन: योगेश भट्टराई

    तत्कालिन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प छैन: योगेश भट्टराई

    5.4K
    Shares
    तत्कालिन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प छैन: योगेश भट्टराई

    काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले तत्कालिन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताए । उनले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छोडिदिएर बिर्सिनुपर्ने बताए । विगतको कुरा गरेर अगाडी बढ्न नसकिने भन्दै उहाँले अगाडी जाने बारेमा मात्रै सोच्नुपर्ने बताए ।

    भट्टराईले वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा पनि दिए । उनले घुमाउरो पारामा तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भएपनि एकै दिशातर्फ हिँड्नुपर्नेमा जोड दिए ।

    उनले भने– ‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ । त्यसको विकल्प छैन । यो बीचको एक, डेढ वर्षलाई हामीले इतिहासको एउटा कालो वर्षको रुपमा छोडिदिउँ । धेरै पछाडी नफर्किउँ कसले के ग¥यो भन्ने कुरा । जब कसले के ग¥यो भन्नेकुरामा हामी जान्छौँ हामी एक अर्कालाई चिर्थोछौँ र घाइते बनाउँछौँ । अगाडी कसरी जाने त्यो सोचौँ । त्यसकारण त्यो एउटा नर्ककुण्ड भनौँ काँग्रेससँगको गठजोड भनेको, त्यो नर्ककुण्डबाट फर्किनुपर्छ । त्यताबाट स्वर्ग गइँदैन । एउटा भनाई छ नि, स्वर्ग जाने हो भने त गोजिमा स्वर्गकै ठेगाना चाहियो । अनि त्यहाँ पुगिन्छ ।

    गोजिमा अर्को ठेगाना बोक्ने ड्राइभिङ अन्ततिर ग¥यो भने अन्त गइन्छ । आजकाल जिपिएस किन लगाइन्छ भने जिपिएसले ठिक ठाउँमा लान्छ । त्यसकारण माओवादी साथीहरु र समाजवादीले जिपिएस लगाउनुप¥यो । अब त्यो जिपिएस जिउमा लगाउनुप¥यो र फर्किनुप¥यो । बाटो फर्किनुप¥यो । अनि हामी सँगसँगै हुँदै जाऔँ । कति वर्षसम्म सँगसँगै हिँड्ने, नजिकबाट हिँडौँ । जुन बेलाबाट हामी एउटै बाटोमा हिडौँला त्यो बेलाबाट एउटै बाटोमा हिडौँला । अस्ति अलि छिट्टै एउटा बाटोमा हिँड्न खोज्दा छिटो दुर्घटना भयो । अब अलि छिटो एउटै बाटोमा नहिडौँ न त ठिकै छ । एउटै दिशामा जाउँ । लेन अलिकति फरक जाउँ न त । लेन फरक जाऔँ दिशा एउटै गरौँ ।

    कुनै एउटा ठाउँमा हुँदाखेरी हाइवेमा लेन मर्ज हुन्छ । कुनै न कुनै ठाउँमा पुगेपछि त त्यो लेन मर्ज हुन्छ नि त । आजका नेताहरुको पालना भएन भने तपाई र मेरो पालामा गरौँला न त के फरक प¥यो र । यदी त्यसो नगरीकन राष्ट्रिय शक्ति बन्दैन । राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहियो । जसले यो मुलुकको सिंगो जनमतलाई नेतृत्व गर्नसक्छ ।’

    सचिव भट्टराईले देशमा राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको बताए । उनले कम्युनिष्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामथ्र्य हुने भन्दै यो शक्तिले मात्रै विदेशी शक्तिराष्ट्रहरुसँग आँखा जुधाएर बोल्न सक्ने बताए । देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरुले सबै प्रणाली खाइदिने उनको भनाई छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend