logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • प्रधानमन्त्री देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि भोट दिएर थारो भैंसी झैँ पालेः सांसद धामी

    प्रधानमन्त्री देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि भोट दिएर थारो भैंसी झैँ पालेः सांसद धामी

    11.6K
    Shares
    प्रधानमन्त्री देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि भोट दिएर थारो भैंसी झैँ पालेः सांसद धामी

     

    काठमाडौं । नेकपा (एमाले) का सांसद नरबहादुर धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैँ पाल्नुपरेको बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद धामीले सुदूपश्चिमका जनताले प्रधानमन्त्री देउवालाई ६ पटक चुनाव जिताएर पाँच पटक प्रधानमन्त्री बनाएपनि सुदूरपश्चिमका लागि केही नगरेको बताए ।

    उनले प्रधानमन्त्रीलाई ३१ वर्षदेखि जनताले भोट दिएपनि भोट बालुवामा पानी हाले बराबर भएको बताए । सांसद धामीले प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरेमा सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने चेतावनी दिए । उनले गेटामा विश्वविद्यालय बनाउनका लागि मन्त्रीपरिषद्को निर्णय गराउन नसकेको भन्दै प्रधानमन्त्री देउवाको तिखो आलोचना गरे ।

    उनले भने– ‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गर्ने हो, आनाकानी गर्ने हो र कुनै मतलव नराख्ने हो भने देखादेखि तपाईले सुदूरपश्चिमप्रति गद्दारी गरेको र त्यहाँको जनताप्रति गम्भिर विश्वासघात गरेको ठहर हुनेछ । प्रधानमन्त्रीको ज्योतिषीले उहाँलाई सात पटक प्रधानमन्त्री हुने भविष्यवाणि गरेका छन् । तर सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि अनवरत रुपमा ६ पटक चुनाव जिताएर उहाँलाई पाँच पटक नेपालको प्रधानमन्त्री बनाइसकेका छन् । पाँच पटक प्रधानमन्त्री हुँदा तपाईले सुदूरपश्चिमका जनताको जीवनमा दूरगामी प्रभाव पार्ने, युगान्तकारी, अविष्मरणीय योगदानहरु के–के गर्नुभयो ? कृषि, पर्यटन, उद्योग, शिक्षा लगायतका क्षेत्रमा सुदूरपश्चिमका लागि तपाईले गरेका चिरस्थायी कामहरु के–के हुन् ? सुदूपश्चिमका जनता जान्न चाहन्छन् प्रधानमन्त्रीज्यू कुनै जवाफ छ ? खालि थारो भैंसी पालेझैँ ३१ वर्षदेखि सुदूरपश्चिमका जनताले तपाईलाई निरन्तर भोट दिएर बालुवामा पानी हालेका हुन् ? वागमती प्रदेशको चितवनमा कृषि विश्वविद्यालय बनाउन कुनैपनि तागतले रोक्दैन । तर सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय बनाउनका लागि मन्त्रीपरिषद्को निर्णय गराउन तपाईको हात कसले बाँधेको छ प्रधानमन्त्रीज्यू ? सुदूरपश्चिमप्रतिको तपाईको बेवास्ता, उदासिनताले वा जनउत्तरदायी नभएको अदालतको परमादेशी प्रधानमन्त्री हुनुको नाताले ?’

    सांसद धामीले कैलालीमा गेटा मेडिकल कलेजको स्थापना गर्न नसके प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा जन्म लिनु नै धिक्कार हुने टिप्पणी गरे । कलेज स्थापना गर्न नसके देउवा दश पटक प्रधानमन्त्री भएपनि जनतालाई कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैँ हुने उनको भनाई छ । उनले कलेज स्थापना गर्न नसके देउवालाई सुदूरपश्चिमका जनताले धोकेवाज र विश्वासघाती भन्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend