logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छः मन्त्री रेग्मी

    छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छः मन्त्री रेग्मी

    5K
    Shares
    छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छः मन्त्री रेग्मी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताएकी छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैँ मन्त्री रेग्मीले यस्तो बताएकी हुन् ।

    उनले ज्येष्ठ नागरिकलाई हेर्ने जिम्मेवारी सरकारले लिनुपर्ने बताइन् । जनताको घरदैलोमा हुने स्थानीय सरकारले छोराछोरीबाट अपहेलित ज्येष्ठ नारिकलाई हेर्नुपर्ने उनले बताइन् । मन्त्री रेग्मीले स्थानीय सरकारले हेरेका ज्येष्ठ नागरिकहरुको सम्पती पनि स्थानीय सरकारले परिचालन गर्न पाउने व्यवस्था विधेयकमार्फत गरिएको बताइन् ।

    उनले भनिन्– ‘ज्येष्ठ नागरिकहरुलाई हेर्नको निमित्त जसरी अरु देशमा ज्येष्ठ नागरिकहरुको जिम्मा सरकारले लिन्छ । त्यसरी नै हामीले तीन तहका सरकार छन् । सबभन्दा जनताको घर, दैलोमा भएको स्थानीय तहको सरकार हो । र त्यो सरकारलाई, स्थानीय तहको सरकारलाई जिम्मेवार बनाउन पनि यो विधेयकले खोजेको छ । स्थानीय सरकार जिम्मेवार हुनुप¥यो । छोराछोरीले अंश खोजेर खाने मात्र होइन, राम्रोसँग पाले आफ्ना आमा, बुबाले आफ्नै प्यारो छोराछोरीलाई अंश पनि दिइहाल्नु हुन्छ । तर दुव्र्यवहार भयो । अपहेलना भयो । पालन, पोषण भएन भने त्यो अवस्थामा स्थानीय सरकारले जिम्मेवारीपूर्ण किसिमले ज्येष्ठ नागरिकहरुलाई हेर्ने, पूरा जिम्मेवारी लिने । र बाँकी रहेको सम्पती पनि स्थानीय सरकारले परिचालन गर्ने भन्ने किसिमको स्थानीय सरकारलाई यो विधेयकमा जिम्मेवार बनाइएको छ ।’

    उनले विधेयकमा ज्येष्ठ नागरिक इजलास गठन गर्न सकिने व्यवस्था गरिएको पनि उल्लेख गरिन् । ज्येष्ठ नागरिकलाई कसैले दुव्र्यवहार गर्न नपाउन् भन्ने किसिमको व्यवस्था गरिएको उनको भनाई छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend