logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • भारतमा एक दिनमा १४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण, ३६ जनाको मृत्यु

    भारतमा एक दिनमा १४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण, ३६ जनाको मृत्यु

    7K
    Shares
    भारतमा एक दिनमा १४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण, ३६ जनाको मृत्यु

    नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १४ हजार आठ सय ३० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।

    हिजो १६ हजार ८ सय ६६ जना सङ्क्रमित भएका थिए । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब चार करोड ३९ लाख पुगेको छ । हाल यहाँ एक लाख ४७ हजार पाँच सय १२ सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ३९ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ५० हजार पाँच भन्दा बढी पुगेको छ ।

    मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २७ हजार ८ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८६ करोड ९० लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend