logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण

    5.2K
    Shares
    नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण

    काठमाडौं । विश्व अर्थतन्त्र नै जोखिम उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदरमा भने सुधार हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

    आईएमएफको वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४।२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ ।

    सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर भए पनि आईएमएफकै अप्रिल संस्करणको सोही नामको प्रतिवेदनको तुलनामा झिनो सुधार हो । अप्रिलमा आईएमएफले नेपालको वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्च मुद्रास्फीति र वित्तीय अस्थिरताको जोखिमतर्फ धकेलिन लागेको आईएमएफको प्रक्षेपणका बीच नेपालको वृद्धिदरमा सुधारसहितको संशोधन प्रस्तुत भएको हो । अत्यधिक आयातका कारण विदेशी मुद्रा सञ्चितिमा परेको दबाब, पर्याप्त तरलताको अभाव र बढ्दो मूल्य वृद्धिका कारण नेपालको अर्थतन्त्रले पनि पछिल्ला केही महिनायता समस्या सामना गर्नु परिरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend