logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • सरकारले एसपीपीमा सहभागी हुन्नौँ भन्ने पत्र पठाएकै छैनः सांसद लोहनी

    सरकारले एसपीपीमा सहभागी हुन्नौँ भन्ने पत्र पठाएकै छैनः सांसद लोहनी

    6.4K
    Shares
    सरकारले एसपीपीमा सहभागी हुन्नौँ भन्ने पत्र पठाएकै छैनः सांसद लोहनी

    काठमाडौं । नेकपा एमालेका सांसद खेमप्रसाद लोहनीले सरकारले एसपीपीमा सहभागी नहुने भनेर पत्र पठायौँ भनरे पत्र नपठाएको आरोप लगाएका छन् । बिहीवार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकारसँग संसदीय समितिले र सिंगो संसदले अमेरिकालाई एसपीपीमा सहभागी नहुने भनेर पठाएको पत्र माग गर्दा दिन हिच्किचाहट गरिरहेको बताए । उनले नेपालीहरुको चासो र चिन्ताको विषयका बारेमा जानकारी नगराउनु सरकारको गैरजिम्मेवारीपन भएको बताए । उनले सरकारले जनता र समितिलाई एसपीपी सम्झौतामा सहभागी नहुने भनेर पठाएको पत्र उपलब्ध नगराउनु राष्ट्रप्रतिको धोका भएको बताए ।

    उनले भने, ‘एसपीपीमा संलग्न नहुने भनेर सरकारले निर्णय ग¥यो भनेर संसदमा मन्त्रीज्यूले सुनाउनुभएको थियो । त्यसपछि पत्र पठाइएको छ भन्नुभएको थियो । खोई त्यो पत्र ? के पत्र पठाउनु भयो ? त्यो पत्र यत्रो ठूलो चर्चा चलिरहेको बेलामा यसलाई संसदमा पेस गर्नुपर्दैन ? के लेखियो ? कस्तो लेखिएको छ त्यसको बारेमा सरकारले जानकारी गराउनु पर्छ । हामीले माग गरेका छौँ । सरकारले पत्र नदिनु गैर जिम्मेवारी कुरा हो । समितिलाई निर्देशन दिँदा समेत जानकारी नगराउनु समिति र राष्ट्रप्रति नै धोका हो । सरकारले त्यसो गर्न मिल्दैन । सरकारले एसपीपीमा संलग्न हुँदैनौँ भन्ने र पत्र नपठाउने र पठायौं भनेर ढाँटछल गर्ने र पत्रको छायाँपत्र माग्दा नदिने भन्ने कुरा सरकारको जिम्मेवारी भएन ।’

    सांसद लोहनीले सरकारले एसपीपीमा सहभागी हुनेपत्र पठायौँ भनेर पत्र नपठाइ जनतालाई ढाँटेको आरोप लगाए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend