logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सरकारले समावेशी सहभागिताको संवैधानिक प्रावाधान मिचेर जान खोजे स्वीकार्य हुदैनः विन्दा पाण्डे

    सरकारले समावेशी सहभागिताको संवैधानिक प्रावाधान मिचेर जान खोजे स्वीकार्य हुदैनः विन्दा पाण्डे

    4.7K
    Shares
    सरकारले समावेशी सहभागिताको संवैधानिक प्रावाधान मिचेर जान खोजे स्वीकार्य हुदैनः विन्दा पाण्डे

    काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले आगामी मंसिर ४ गतेको निर्वाचनमा सरकारले समावेशी सहभागिताको संवैधानिक प्रावाधान मिचेर जान खोजे स्वीकार्य नहुने बतमाएकी छन् । आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पाण्डेले यस्तो बताएकी हुन् ।

    उनले गठबन्धन सरकारले स्थानीय तहको निर्वाचनमा १६३ पालिकामा गठबन्धनको नाममा महिलालाई कार्यकारी पदहरण गरेको बताइन् । पाण्डेले राज्यका हरेक निकायहरुमा लैंगिक आधारमा समावेशी सहभागिता हुनुपर्ने सवैधानिक प्रावाधान कुल्चने काम गरेको बताइन् । उनले निर्वाचन सम्बन्धि कानूनको संविधानसम्मत संशोधन गरियोस् भनेर संसद सचिवालयमा गत जेठ १८ गते ध्यानाकर्षण र साउन १६ गते जरुरी सार्वजनिक महत्वको प्रश्तावमा माथि छलफल गर्न आग्रह गरिन् ।

    उनले भनिन्,‘ राज्यका हरेक निकायहरुमा लैंगिक आधारमा समावेशी सहभागिता हुनुपर्ने संवैधानिक प्रावाधान माथि छलफल गर्न २०७७ चैत ९ गते जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेका थियौं । त्यसमाथि छलफल गराइएन । गठबन्धनका नाममा कानून उपहास गर्दै १६३ पालिकामा पहिलाको कार्यकारी पदहरण गरियो । आगामी निर्वाचनमा त्यसो हुन नदिन निर्वाचन सम्बन्धि कानूनको संविधानसम्मत संशोधन गरियोस् भनेर फेरि पनि संसद सचिवालयमा गत जेठ १८ गते ध्यानाकर्षण र साउन १६ गते जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता भएका छन् । मंसिर४ गतेको लागि निर्वाचनको घोषणा भएको अवस्थामा सरकार फेरि पनि सवैधानिक प्रावधान मिचेर जाने सोचमा छ भने त्यो कदापी स्वीकार्य हुनेछैन । उक्त प्रश्तावहरु छलफल गराउन माग गर्दछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend