logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने, हिमाली दृश्यले चीनियाँ दर्शक आकर्षित

    चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने, हिमाली दृश्यले चीनियाँ दर्शक आकर्षित

    6.6K
    Shares
    चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने, हिमाली दृश्यले चीनियाँ दर्शक आकर्षित

     

    काठमाडौं । ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ ।

    हिन्दी भाषामा भारतमा प्रसारण हुने कुराले चर्चा पाएको सो चलचित्र अब चीनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएको हो।

    यसको लागि बुधबार मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको निर्माण पक्षले जनाएको छ।

    निर्माता सन्तोष सेनका अनुसार यूएफओले नै चलचित्र चीनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्नेछ।

    चलचित्रका रहेका मुख्य कलाकार प्रदीप खड्काको अभिनयसँगै चलचित्रको कथावस्तु र हिमाली दृश्यले चीनियाँ दर्शकलाई आकर्षित गर्नसक्ने आँकल गर्दै त्यहाँ रिलिजको लागि चीनियाँ चलचित्र पक्षले आग्रह गरेको निर्माता सेनको दाबी छ।

    चलचित्रमा प्रदीपसँगै कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ।

    छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend