logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • ‘प्रेमगीत–३’को दोस्रो टिजर सार्वजनिक, यस्तो देखियो नेपाली र हिन्दी टिजर

    ‘प्रेमगीत–३’को दोस्रो टिजर सार्वजनिक, यस्तो देखियो नेपाली र हिन्दी टिजर

    6.9K
    Shares
    ‘प्रेमगीत–३’को दोस्रो टिजर सार्वजनिक, यस्तो देखियो नेपाली र हिन्दी टिजर

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेमगीत–३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक गरिएको छ । दोस्रो टिजरमा अभिनेता मनिष राउतलाई खलपात्रका रुपमा स्थान दिइएको छ । साथमा शिव श्रेष्ठलाई पनि देखाइएको छ ।

    असोज ७ गते रिलिज हुने चलचित्रको ट्रेलर सेप्टेम्बर १ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने निर्माता सन्तोष सेनले बताएका छन् ।

    सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, मनिष राउत, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सुनील थापालगायत कलाकारको अभिनय छ ।

    ‘प्रेमगीत–३’ हिन्दीमा डबिङ गरेर भारतमा थिएटरमा रिलिज हुन लागेको पहिलो नेपाली चलचित्र हो ।

     

    नेपाली टिजर:

    हिन्दी टिजर:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend