logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • अब घरघरमा थुप्रिएको फोहोर पनि नियमितरुपमा उठ्छः बालेन शाह

    अब घरघरमा थुप्रिएको फोहोर पनि नियमितरुपमा उठ्छः बालेन शाह

    15.8K
    Shares
    अब घरघरमा थुप्रिएको फोहोर पनि नियमितरुपमा उठ्छः बालेन शाह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर नियमितरुपमा बञ्चरे डाँडासम्म जाने क्रम जारी रहेको बताएका छन् । उनले अब घरघरमा थुप्रिएका फोहोरहरु पनि नियमितरुपमा संकलन हुन थालिने बताएका हुन् । मेयर शाहले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।

    मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फोहोर नियमितरुपमा बञ्चरे डाँडासम्म जाने क्रम जारी छ । अब घरघरमा थुप्रिएका फोहोरहरु पनि नियमितरुपमा संकलन हुन थाल्ने छन् । यसैले कृपया ! सडकमा फोहोर विसर्जन गर्ने नगरिदिनुहोला । सबैको सहभागिता र योगदानबाट मात्रै हामीले सफा, सुन्दर र स्वस्थ महानगरको परिकल्पना साकार गर्न सक्छौँ । विश्वास छ, साथ दिनुहुनेछ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend