logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    13.5K
    Shares
    पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    जाकार्ता, रासस । इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिक निकायले जानकारी दिएको छ ।

    जाकार्ताको स्थानीय समयानुसार सोमबार बिहान १०ः२९ सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु कराउआन मेन्तावाई जिल्लाको ११६ किलोमिटर उत्तरमा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन् । यसअघि स्थानीय समयाअनुसार सोमबार विहान ५ ः३४ मा ५।९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    यद्यपी ६।४ म्याग्निच्युडको भूकम्पलाई नै प्रमुख भूकम्पको रुपमा लिइएको छ । हालसम्म यस भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend