logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • आज ऋषि पञ्चमी सप्तर्षिहरुको पूजा आराधना गरेर मनाईँदै

    आज ऋषि पञ्चमी सप्तर्षिहरुको पूजा आराधना गरेर मनाईँदै

    16K
    Shares
    आज ऋषि पञ्चमी सप्तर्षिहरुको पूजा आराधना गरेर मनाईँदै

     

    काठमाडौं । आज ऋषि पञ्चमी । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिनमा सप्तर्षिहरुको पूजा आराधना गरेर यो पर्व मनाइन्छ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वी महिलाहरुले आजको दिन अरुन्धतीसहित सप्तर्षिहरुको पूजा गरेर यो पर्व मनाउने गर्दछन् ।

    महिलाले बिहानै, नदी, तलाउ, पोखरीमा गइ स्नान गरी तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने चलन छ । आफूले गरेका त्रुटीहरुबाट मुक्त होऔँ भन्ने हेतुले सप्तर्षीहरुको पूजा गर्ने प्रचलन छ ।

    कश्यपोऽत्रिभरद्वाजो विश्वामित्रोऽथ गौतमः । जमदग्नि वशिष्ठश्च सप्तचैवाऽप्यरुन्धती । अर्थात् कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अरुन्धतीलाई पूजा गर्ने परम्परा छ । यस अवसरमा आज काठमाडौंको टेकु, मुलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा, आराधनाका लागि व्रतालु महिला भक्तजनको भीड लाग्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend