logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • गौरापर्वले प्रदेशवासीबीच सद्भाव र एकता कायम राखोस्ः मुख्यमन्त्री भट्ट

    गौरापर्वले प्रदेशवासीबीच सद्भाव र एकता कायम राखोस्ः मुख्यमन्त्री भट्ट

    11K
    Shares
    गौरापर्वले प्रदेशवासीबीच सद्भाव र एकता कायम राखोस्ः मुख्यमन्त्री भट्ट

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरापर्वले सुदूरपश्चिमवासीबीच सद्भाव र एकता कायम राखोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा गौरापर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै यस पर्वले आपसी समझदारी र बन्धुत्वको भावना जगाई प्रदेशवासीबीच सद्भाव र एकता कायम राखोस् भनी शुभकामना व्यक्त गरेका हुन् ।

    मुख्यमन्त्री भट्टले परापूर्वकालदेखि मनाउँदै आएको गौरापर्व प्रदेशको विशिष्ठ पहिचानका रूपमा रहेको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व बोकेको पर्व रहेको बताए । साथै उनले मौलिक पर्वका रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गौरापर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend