logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • पठाओले ‘दशैं महोत्सव २०७९’ आयोजना गर्दै, बम्पर उपहारमा बजाज पल्सर र डिस्कभर

    पठाओले ‘दशैं महोत्सव २०७९’ आयोजना गर्दै, बम्पर उपहारमा बजाज पल्सर र डिस्कभर

    12K
    Shares
    पठाओले ‘दशैं महोत्सव २०७९’ आयोजना गर्दै, बम्पर उपहारमा बजाज पल्सर र डिस्कभर

     

    काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानकालागि ‘दशैं महोत्सव २०७९’ घोषणा गरेको छ । पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै भदौ २३ गतेदेखि असोज १२ गतेसम्मका लागि उक्त महोत्सव आयोजना गरिएको हो, पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमाल बताउँछिन् ।

    दशैं महोत्सव अन्तर्गत तोकिएको प्रक्रिया पुरा गर्ने राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट हरेक हप्ता टिभी, रेफ्रिजरेटर जस्ता विभिन्न आकर्षक पुरस्कारहरू जित्नुका साथै विविध क्वेस्टहरू पनि जित्न सक्ने हमालले जानकारी दिइन् ।

    राइडर, क्याप्टेन र फुडम्यानमा दुई जनालाई लक्की ड्र मार्फत छनौट गरि बम्पर उपहारमा बजाज पल्सर २२० र बजाज डिस्कभर १२५ दिइने हमाल बताउँछिन् ।

    तीन हप्तामा ९ जना र बम्पर उपहारमा २ जना गरि कुल ११ जना विजेता हुनेछन् । पुरस्कारहरू जित्न तोकिएको मापदण्ड पूरा गरि नियमहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ ।

    यस्तै, दशैँ महोत्सवको अवधि भरी निःशुल्क राइडरको रूपमा दर्ता हुन पाइने विजेताहरू हरेक हप्ता फेसबुक लाइभबाट घोषणा गरिनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend