logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • यस्ता छन् मन्त्रीपरिषद बैठकका निर्णयहरु

    यस्ता छन् मन्त्रीपरिषद बैठकका निर्णयहरु

    15K
    Shares
    यस्ता छन् मन्त्रीपरिषद बैठकका निर्णयहरु

     

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एशीयाली विकास बैंकको बोर्ड अफ गभर्नस्को ५५ औं बार्षिक बैठकमा सहभागी हुनुहुने भएको छ । गत भदौं २१ गते बसेको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्विकृति प्रदान गर्ने निर्णय गरेको हो ।

    बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरुको स्थिर पुनएकीकरणसम्बन्धि आयोजना संचालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्विकार गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको बताए । त्यसैगरी निजीकरण समितिको सदस्यमा नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसी र नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णलाल महर्जनलाई मनोनित गर्ने निर्णय पनि गरिएको छ ।

    मन्त्री कार्कीका अनुसार सरकारले नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र सहसचिव स्तरीय अन्तर सरकारी उपसमितिको बैठकका लागि वार्ता टोली पनि गठन गरेको छ । मन्त्री कार्कीले भने, ‘२०७९ साल भदौं २७ देखि २८ गतेसम्म सिंगापुरमा आयोजना हुने सफ्ट इन्टरपोल काउन्टेवल इन्गेजमेन्ट कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवलाई सहभागी हुन स्विकृति दिने । कार्तिक भुटानमा आगामी कार्तिक १८ देखि २१ गतेसम्म आयोजना हुने जेन्डर इक्वालिटी सोसल इन्क्लूजन फ्रेमवर्क विषयमा सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय सिंहलाई स्विकृति प्रदान गर्ने । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मिति २०७९ भदौं २० गतेदेखि २३ गतेसम्म जोर्डनमा आयोजना हुने कार्यक्रममा भाग लिन स्विकृति दिने । कोरिया रोजगारीबाट फर्किएका श्रमिक कामदारहरुको स्थिर पुनएकीकरण सम्बन्धि आयोजना संचालनका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने ८ मिलियन अनुदान सहायता स्विकृत गर्ने । निजीकरण समितिको सदस्यमा माननीय राजेन्द्रकुमार केसी र माननीय कृष्णलाल महर्जनलाई मनोनयन गर्ने । २०७९ असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा हुने एशीयाली विकास बैंकको बोर्ड अफ गभर्नसको ५५ औं बार्षिक बैठकमा भाग लिन माननीय अर्थमन्त्रीको नेतृत्वमा सहभागी हुन स्विकृति दिने । नेपाल–भारत वाणिज्य सचिव स्तरीय अन्तर सरकारी समिति र सहसचिव स्तरीय अन्तरसरकारी उपसमितिको बैठकका लागि वार्ता टोली गठन गर्ने ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend