logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • चीनको सिचुआनमा भूकम्पः मृत्यु हुनेको संख्या ८२ पुग्यो

    चीनको सिचुआनमा भूकम्पः मृत्यु हुनेको संख्या ८२ पुग्यो

    14.9K
    Shares
    चीनको सिचुआनमा भूकम्पः मृत्यु हुनेको संख्या ८२ पुग्यो

     

    काठमाडौं । चीनको दक्षिणपश्चिमी प्रान्त सिचुआनमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । सोमबारको भूकम्प सिचुआन प्रान्तमा सन् २०१७ पछिको सबैभन्दा शक्तिशाली भूकम्प हो । भूकम्पमा परी २७० जना घाइते भएका थिए भने, ३५ जना बेपत्ता छन् ।

    भूकम्पको केन्द्रबिन्दु लुडिङ जाने बाटोहरू प्राधिकरणले सुचारु गरेको छ । सहरमा बुधबार अबेर राति २.९ म्याग्निच्युडको पराकम्पन गएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

     

    मौसम पूर्वानुमानकर्ताहरूले लुडिङमा सम्भावित भूगर्भीय प्रकोपहरूका लागि पहेँलो चेतावनी जारी गरेका छन् । जुन दोस्रो उच्च चेतावनीमा हो भने यसमा पहिरो समावेश हुन सक्छ। यस्तै मध्य र पश्चिमी सिचुआनका लागि कम गम्भीर पहेँलो चेतावनी जारी गरिएको थियो।

    चीनको चार स्तरीय मौसम चेतावनी प्रणालीमा रातोले सबैभन्दा गम्भीर प्रतिनिधित्व गर्दछ, त्यसपछि सुन्तला, पहेँलो र नीलो चेतावनी रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend