logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • गठबन्धन टुट्दैन र तोड्नु पनि हुँदैनः प्रधानमन्त्री देउवा

    गठबन्धन टुट्दैन र तोड्नु पनि हुँदैनः प्रधानमन्त्री देउवा

    13.2K
    Shares
    गठबन्धन टुट्दैन र तोड्नु पनि हुँदैनः प्रधानमन्त्री देउवा

     

    चितवन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । उनले भने, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।”

    नेपाली कांग्रेस चितवनद्वारा शुक्रवार यहाँ आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवम् विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

     

    गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिद्ध्याउने षड्यन्त्र भएको जनाउँदै प्रधानमन्त्री देउवाले भने, “बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिद्ध्याएर के हुन्छ । यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।”

    उनले गठबन्धन गर्दा पार्टीलाई बढीभन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा जोड दिए । उनले भने, “गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन । यसमा ठूलो सहयोग भएको छ । गठबन्धन तोड्ने कुरा गर्नुहुँदैन ।”

    गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई एक ढिक्का भएर निर्वाचनमा होमिन आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend