logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • पपुवा न्युगिनी भूकम्पः सात जनाको मृत्यु

    पपुवा न्युगिनी भूकम्पः सात जनाको मृत्यु

    12.7K
    Shares
    पपुवा न्युगिनी भूकम्पः सात जनाको मृत्यु

    पपुवा न्युगिनी । पपुवा न्युगिनीमा हिजो आइतबार बिहान ७ः४६ बजे गएको ७।६ म्याग्निच्युडको भूकम्पमा परी सात व्यक्तिको मृत्यु भएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिईएनसि) ले जनाएको छ । यस भूकम्पमा परी अन्य कैंयौैं घाइते भएका (सिईएनसि) थप जानकारी दिएको छ ।

    उद्धारकर्ताहरु दुर्गम पहिरो प्रभावित समुदायहरुमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । यस भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वीदेशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।

    भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ । अहिले पनि धनजन क्षति विस्तृत विवरण भने प्राप्त भएको छैन् । प्रधानमन्त्री जेम्स मारापेले पपुवा न्युगिनीलाई आएको शक्तिशाली भूकम्पपछि सतर्क रहन चेतावनी दिनु भएको छ । तर यसको प्रभाव सन् २०१८ को भूकम्पभन्दा कम हुने अपेक्षा गरिएको छ । सन् २०१८ को भूकम्पमा परी १५० जनाको ज्यान गएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend