logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुँदै

    भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुँदै

    12.3K
    Shares
    भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुँदै

    एजेन्सी । 

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सांघाई सहयोग सङ्गठन सदस्य राष्ट्रहरु को प्रमुखहरुको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्नेछन् । उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बिहीबार भने ।

    रुसका राष्ट्रपति पुटिनले आगामी साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने भएका छन् । सो सम्मेलनमा प्रधानमन्त्री मोदी पनि सहभागी हुँदैछन् । ‘हामीले पहिले नै घोषणा गरिसकेका छौं कि समरकन्दमा प्रधानमन्त्री मोदीसहित धेरै बैठकहरू हुनेछन्’ अलीपोभले एएनआईसँगको अन्तर्वार्तामा भनेका छन् । कोभिड–१९ महामारीको दुई वर्षपछि सम्मेलन उज्वेकिस्तानको समरकन्दमा बिहीबारदेखि सुरु हुँदैछ ।

    एससीओ धेरै सफल भएको छ । यो विभिन्न संयन्त्रहरु र विभिन्न ट्रयाकहरूमा व्यापक सहयोगको साथ स्थापित संस्था हो । एससीओ सङ्गठनअन्तर्गत सयौं संयन्त्रहरु काम गर्दछ, राजनीतिक मामिला र सुरक्षासँग सम्बन्धित मामिलाहरूमा मात्र होइन, तर मुख्य रूपमा आर्थिक क्षेत्रमा व्यापारमा र सदस्य देशका जनताका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने गरेको रुसी राजदूतले भनेका छन् ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend