logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • बंगलादेश विरुद्धको खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा

    बंगलादेश विरुद्धको खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा

    3.9K
    Shares

    काठमाडौं । बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले एन्फा कम्प्लेक्समा आयोजिक एक कार्यक्रममा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

    यसअघिका प्रशिक्षम मोहमद अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन् । जसमा रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् भने चोटका कारण सुनिल बल टोलीमा परेका छैनन् ।

    प्रशिक्षक हुमागाईँले कप्तान भने घोषणा गरेका छैनन् । उनले खेलअघि कप्तान समेत घोषणा गर्ने बताए । नेपालले असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

    नेपाली टिम
    गोलकिपर : किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु

    डिफेण्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल

    मिडफिल्डर : सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट

    फरवार्ड : विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend