logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मंगलबारको शेयर बजारमा दोहोरो अंकको वृद्धि, ६६ करोडको कारोबार

    मंगलबारको शेयर बजारमा दोहोरो अंकको वृद्धि, ६६ करोडको कारोबार

    4.2K
    Shares

    काठमाडौं । मंगलबार सेयर बजार नेप्से दोहोरो अंकले वृद्धि भएको छ । यो साता लगातार दुई दिन घटेको बजार तेस्रो कारोबार दिनमा भने १५.९२ अंकले बढेको छ । बजार १८३१.०५ बिन्दुमा पुगेर रोकिएको छ । बजार बढेको दिन पनि कारोबार रकम भने बढ्न सकेन । मंगलबार कुल २२९ स्टकको १६ हजार ८२३ वटा कारोबारबाट २१ लाख ७ हजार ७४२ कित्ता बराबरको कारोबार भएको छ ।

    कारोबार रकम ६६ करोड ३० लाख १३ हजार भएको छ । होटल र पर्यटन तथा म्युचुअल फण्डबाहेक सबै उपसमूह सकारात्मक देखिए । मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर १३०८.९० रुपैयाँ पुग्यो ।

    अभियान लघुवित्त वित्तीय संस्थाको मूल्य ६.०७ प्रतिशतले वृद्धि भयो । अपर हुवाखोला हाइड्रो, हिमालयन पावर, माउन्टेन इनर्जी समेत मूल्य धेरै बढ्ने कम्पनीमा परेका छन् । गरिमा डिभेन्चरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । मंगलबार रिडी हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend