logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • एकपक्षीय कुरा मात्र बाहिर आएकाले सन्दीपले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुश गरेका छन् : सन्दीपका वकिल

    एकपक्षीय कुरा मात्र बाहिर आएकाले सन्दीपले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुश गरेका छन् : सन्दीपका वकिल

    5.1K
    Shares

    काठमाडौं । आफ्नो वकिलको उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको छ । लामिछाने विरुद्ध बलात्कारको आरोप लागेको छ ।

    इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी भएपछि लामिछाने बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका छन् । उनले वकिल सरोजकृष्ण घिमिरेको उपस्थितिमा आत्मसमर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।

    बिमानस्थलबाट नियन्त्रणमा लिएलगत्तै प्रहरीले सन्दीपलाई मेडिकल जाँचका लागि केएमसी अस्पताल लगेको थियो । त्यहाँबाट अहिले उनलाई गौशाला लगिएको छ । अधिवक्ता घिमिरेका अनुसार सन्दीपले निरन्तर आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका छन् ।

    तर जाहेरी पर्दा प्रहरीले गोपनीयता कायम नगरेको र सञ्चार माध्यममा ‘एकपक्षीय’ कुरा आएकाले सन्दीपले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुस गरेको उनले सुनाए । त्यहीकारण उनी मानसिक तनावमा समेत परेको घिमिरेले सुनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend