logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • बालुवाटारमा गठबन्धनको बैठक जारी

    बालुवाटारमा गठबन्धनको बैठक जारी

    3.5K
    Shares

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक बसिरहेको छ । कार्यदलका सदस्यहरु समेत सहभागी बैठकमा एकभन्दा बढी दलको दाबी रहेको क्षेत्रहरुमा सहमतिको प्रयास भइरहेको छ ।

    पछिल्लो दिनमा गठबन्धनको बैठक हरेक दिनजसो बस्ने गरेको छ । तर उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा गठबन्धनमा सहमति जुट्न भने सकेको छैन ।

    गठबन्धनको बैठक बसिरहेका कारण कांग्रेसको कार्यसम्पादन समितिको बैठक समेत सुरु हुन सकेको छैन । कांग्रेसले बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।

    नेताहरु बालुवाटार पुगेपनि गठबन्धनको बैठक चलिरहेका कारण कार्यसम्पादन समिति बैठक बस्न नसकेको एक नेताले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend