logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • सी र बाइडेनबीच आज भेटवार्ता हुँदै

    सी र बाइडेनबीच आज भेटवार्ता हुँदै

    2.7K
    Shares
    सी र बाइडेनबीच आज भेटवार्ता हुँदै

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङबीच बालीमा भेटवार्ता हुँदै छ । दुई महाशक्तिबीचको सम्बन्ध चिसिएको बेला दुई नेताबीच आज भेटवार्ता हुन लागेको हो । मङ्गलबारदेखि सुरु हुने जी २० बैठकका लागि दुबै नेताहरू इन्डोनेसियामा छन् ।

    सन् २०२० मा बाइडेनले पदभार ग्रहण गरेपछि उनीहरूबीच पहिलो व्यक्तिगत भेट हुनेछ । गत महिना कम्युनिष्ट पार्टीको महाधिवेशनपछि आफ्नो शक्तिलाई थप सुदृढ पारेका थिए । सी माओत्सेतुङपछिको सबैभन्दा बलियो चिनियाँ नेताको रूपमा बाइडेनसँग भेट गर्नेछन् ।

    कीर्तिमानी क्षेप्यास्त्र परीक्षणसँगै छिट्टै सातौं आणविक परीक्षण गर्ने डर बढिरहेका बेला दुई शक्तिशाली देशका नेताबीच भेटवार्ता हुँदैछ । जी २० शिखर सम्मेलनको साइडलाइन वार्तामा बाइडेनले प्योङयाङको सबैभन्दा ठूलो सहयोगी चीनका राष्ट्रपतिलाई उत्तर कोरियाको खराब गतिविधि रोक्न अनुरोध गर्ने अनुमान गरिएको छ ।

    वार्तामा ‘उत्तर कोरियाको सबैभन्दा खराब प्रवृत्तिलाई रोक्न रचनात्मक भूमिकाबारे छलफल हुने’ अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् । बाइडेनले सी जिनपिङलाई उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक निर्माणलाई ‘निरन्तरता दिएमा यो कोरियाली प्रायद्वीपमा थप अमेरिकी सेना र सुरक्षा उपस्थिति बढाइने’ संकेत गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend