logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • चीनमा जाडोमा कोरोनाको तीनवटा लहर देखिने

    चीनमा जाडोमा कोरोनाको तीनवटा लहर देखिने

    2.4K
    Shares
    चीनमा जाडोमा कोरोनाको तीनवटा लहर देखिने

    एजेन्सी । एक वरिष्ठ स्वास्थ्य अधिकारीले यस जाडो मौसमका दौरान चीनमा कोभिड–१९ को तीनवटा लहर देखिने बताएका छन् । उनले यसको पहिलो लहर सुरु भइसकेको पनि बताएका हुन् ।

    यस महिनाको सुरुवातदेखि चीनले आफ्नो कडा कोभिड नीतिलाई खुकुलो पारेपछि सङ्क्रमणको मामिला तीव्र रूपमा बढिरहेको छ । पछिल्लो तथ्यांकअनुसार प्रतिदिन देखिने सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी देखिए पनि देशमा परीक्षणको सङ्ख्यामा पनि घटेका कारण यसमा यसमा कमी आएको हुनसक्ने आङ्कलन गरिएको छ । आइतबार जारी भएको सरकारी तथ्याङ्कमा चीनमा २ हजार ९७ नयाँ सङ्क्रमित देखापरेका छन् ।

    एपिडेमियोलोजिस्ट वू जुन्योका अनुसार सङ्क्रमणको उछाल जनवरीसम्म चल्नेछ । दोस्रो लहर २१ जनवरीबाट सुरु हुनेछ जसको कारण लुनर नयाँ वर्ष हुनेछ । चीनका अनुसार ९० प्रतिशतभन्दा बढी जनसङ्ख्याले कोभिडविरुद्धको खोप लगाइसकेका छन् ।

    बीबीसी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend