logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सुनको मूल्य घट्यो, तोलाको कति ?

    सुनको मूल्य घट्यो, तोलाको कति ?

    2.6K
    Shares
    सुनको मूल्य घट्यो, तोलाको कति ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको जनाएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै हिजो सोमबारको तुलनामा भाउ ओरालो लागेको जानकारी दिएको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ छ ।

    हिजो सोमबार छापावाल सुनको मूल्य तोालमा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ थियो । हिजो सोमबार सुन र चाँदीकै मूल्य स्थिर रहेको थियो । महासंघले आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार हुने जनाएको थियो ।

    यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend