logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • ब्याजदर घटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई गृहमन्त्रीको दवाव

    ब्याजदर घटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई गृहमन्त्रीको दवाव

    2.2K
    Shares
    ब्याजदर घटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई गृहमन्त्रीको दवाव

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ब्याजदर घटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई दवाव दिएका छन् । उद्योग र व्यवसायनै धरापमा पार्ने गरी ब्याजदर बढाउने काम भईरहेको उल्लेख गर्दै गृहमन्त्री खाँणले त्यसलाई तत्काल हटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराएका हुन् ।

    रुपन्देही उद्योग संघले बिहीबारबाट बुटवलमा सुरु गरेको ‘१५ औं राष्ट्रिय औंद्योगिक प्रर्दशनी एवम् कृषि, प्रविधि तथा पर्यटन महोत्सव’को उद्घाटन समारोहमा बोल्दै उनले उद्योग व्यवसायको प्रवर्दन नभए बैंक तथा वित्तिय संस्थाहरुलाई नै घाटा हुने उल्लेख गर्दै त्यस विषयमा संवेदनशील भएर काम गर्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराए । गृहमन्त्री खाँणले उद्योग व्यवसायको प्रवद्र्धन गर्ने काममा सरकार प्रतिवद्ध रहेको समेत दोहो¥याए । उनले उद्योगी, व्यवसायीहरुको साथमा तीन वटै तहका सरकारहरु रहेको समेत स्पष्ट पारे । उनले भने, ‘सम्पूर्ण उद्योगी र व्यापारीहरुलाई म आग्रह गर्न चाहन्छु–तपाईहरुको साथमा राज्य छ, सरकार छ । सरकारका सबै अंगहरु छन । संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तपाईहरुको साथमा छ । सबै जनप्रतिनिधिहरु तपाईहरुको साथमा छौं ।

    निर्वाचनको बेलामा पक्ष, विपक्ष होला । अव निर्वाचन सम्पन्न भईसकेपछि हामी सबै एकै पक्षमा भएका छांै । र, उद्योगी व्यवसायीहरुको सम्वद्र्धननै हामी सबै जनप्रतिनिधिहरुको साझा दायित्व हो । हामी प्रजातान्त्रिक संसदीय शासन प्रणालीमा छौं । पक्ष र विपक्ष पार्लियामेन्टमा रहन्छ । तथापि नेपालका उद्योगी र व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्ने तपाईहरुको हितका लागि संसदमा रहेका पक्ष र विपक्ष सबैले संयुक्त रुपमा प्रयत्न गर्नु हुनेछ भन्ने पनि मैले विश्वास व्यक्त गर्न चाहन्छु । र, कसरी यो समस्यालाई हामीले सम्बोधन गर्ने ? राजनीतिका ठूल्ठूला समस्याहरुलाई हामीले समाधान गरेका छौं ।

    अव आउने दिनमा मुलुकको आर्थिक समस्यालाई सम्बोधन गर्दै नेपाली जनताले चाहेको जस्तो अनुभूत हुन सक्ने महसुस गर्न सक्ने विकास नेपालमा गर्न सकियोस् त्यसका लागि हामी सबैको सामूहिक प्रयत्न रहेको छ । त्यसमा सरकार संवेदनशील छ । र, रहिरहनेछ । तपाईहरुले भोगी रहेको समस्यालाई सम्बोधन गर्ने हाम्रो साझा प्रतिवद्धता रहेको छ । सरकारको पनि प्रतिवद्धता रहेको छ । खास गरेर पछिल्लो पटक देखिएको आर्थिक मन्दीका कारणले म यहाँ वित्तिय संस्था र बंैकहरुलाई पनि हार्दिक आग्रह गर्न चाहन्छु–नेपाल सरकारको तर्फबाट म उहाँहरुलाई आग्रह गर्न चाहन्छु–जनताको तर्फबाट आग्रह गर्न चाहन्छु–बैंक तथा वित्तिय संस्थाहरु पनि अझै बढदा संवेदनशील बन्नु पर्दछ ।

    उद्योग र व्यवसाय प्रवद्र्धन भएन भने त्यसपछिको प्रभाव भनेको बैंक तथा वित्तिय संस्थाहरुमै पर्छ । उद्योगी र व्यवसायीहरुले बैंकलाई तिर्नुपर्ने ब्याँज र साँवा तिर्न नसक्ने अवस्था आयो भने त्यसको गम्भिर प्रभाव बैंक तथा वित्तिय संस्थाहरुलाई पनि पर्दछ । त्यसकारण बैंक र वित्तिय संस्थाका संचालकहरुले पनि त्यसलाई गम्भिरतापूर्वक लिएर उद्योगी र व्यवसायीहरुको समस्या हाम्रो समस्या हो, मुलुकको समस्या हो । यो समस्यालाई सम्बोधन गर्ने क्रममा हामी सबैले हातेमालो गरेर अगाडि बढनु पर्दछ भन्ने मनसायका साथ अगाडि बढनु पर्दछ भन्ने आग्रह गर्दछु । र, अहिले बैंक तथा वित्तिय संस्थाहरुले जुन ब्याजदर वृद्धि गरिरहनु भएको छ । त्यसले उद्योग र व्यवसायलाई झनै कमजोर बनाईरहेको छ । त्यसको प्रभाव बैंक तथा वित्तिय संस्थामाथि नै पर्छ । त्यसैले बढि रहेको ब्याजदर घटाउन जरुरी छ ।’

    गृहमन्त्री खाँणले मुलुकको आर्थिक क्षेत्रको समस्यालाई समाधान गर्दै विकास, निर्माणको कामलाई अघि बढाउन सरकार र सम्बन्धित सबै पक्षले हातेमालो गरेर अघि बढनुपर्ने बताए । उनले नेपाली जनताले चाहे जसरी आर्थिक क्षेत्रको विकास गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता समेत औंल्याए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend