logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • नेप्से र सीडीएससीले शेयरधनीलाई शतप्रतिशत नगद लाभांश दिने

    नेप्से र सीडीएससीले शेयरधनीलाई शतप्रतिशत नगद लाभांश दिने

    1.8K
    Shares
    नेप्से र सीडीएससीले शेयरधनीलाई शतप्रतिशत नगद लाभांश दिने

    काठमाडाै‌ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आफ्ना शेयरधनीहरूलाई शतप्रतिशत नगद लभांश दिने निर्णय गरेका छन् ।

    यही पुस ६ गते बसेको नेप्से र ५ गते बसेको सीडीएससीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा कम्पनीले कमाएको नाफाबाट १ सय प्रतिशत नै लाभांश लगानीकर्तालाई दिने निर्णय गरेको हो । योसँगै सीडीएससीले २८ पुुसमा १२औँ साधारणसभा बोलाएको छ ।

    नेप्सेले लाभांश पारित गर्न २९ पुुसमा ४१औँ वार्षिक साधारणसभा बोलाएको छ । नेप्सेको शेयरमा भने अझै सर्वसाधारणको पहुँच पुुगिसकेको छैन । नेपाल सरकारको ५८.६६, राष्ट्र बैंकको १४.६०, कर्मचारी सञ्चय कोषको १० र राष्ट्रिय वाणिज्य बैंकको ६.४ प्रतिशत शेयर स्वामित्व छ ।

    यसबाहेक लक्ष्मी र प्रभु बैंकको पनि ५ प्रतिशत शेयर स्वामित्व रहेको छ । सरकारको शेयर स्वामित्व घटाउने योजना भए पनि सरकारले आफ्नो स्वामित्वको शेयर नबेचेपछि नेप्सेमा अन्य लगानीकर्ताले लगानी गर्न पाएका छैनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend