logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सेवालाई गुणस्तरीय बनाउदै कर्णाली विकास बैंक

    सेवालाई गुणस्तरीय बनाउदै कर्णाली विकास बैंक

    2.7K
    Shares
    सेवालाई गुणस्तरीय बनाउदै कर्णाली विकास बैंक

    काठमाडौं । ग्रामिण क्षेत्रका नागरिकहरुलाइ बैंक तथा वित्तिय सेवा प्रदान गर्ने उदेश्यसहित स्थापना भएको कर्णाली विकाश बैंकले थप विश्वासिलो बनाउदै पश्चिम नेपालमा विश्वासिलो बैंक बन्दै गएको छ ।

    लुम्बिनी प्रदेशको प्रमुख सहर नेपालगञ्जमा प्रधान कार्यलय भएको कर्णाली विकाश बैंक हालसम्म १८ वटा शाखा सहित अहिले पश्चिम नेपालको महत्वपुर्ण बैंक बनिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले जानकारी दिए ।

    कर्णाली विकास बैंक लिमिटेडले स्थानीय जनशक्ति र पूँजी श्रोतको परिचालन गरी कृषि, व्यापार र उद्योग मार्फत ग्रामीण तथा सहरी अर्थतन्त्रको उत्थान गर्न सम्भाव्य उत्पादनको उत्पादकत्व स्थापना, विकास, विस्तार र सहजीकरण गर्दै स्थानिय तहमा रोजगारी समेत सृजना गरेपछि अहिले पश्चिम नेपालको विश्वासिलो बनेको छ ।

    बै्रकले देशभर छरिएर रहको पुँजी सञ्चित गरी वित्तिय सेवा प्रदान गर्दै आएको छ । साथै संस्थागत लगानी र स्वस्थ प्रतिस्पर्धामा अब्बल मानिएको कर्णाली बिकाश बैंकले अहिले नागरिकहरुमा बचतको बानी बिकाश गर्नेदेखि गाँउघरमा साना तथा घरेलु उद्योग स्थापनामा समेत योगदान गर्दै आएको छ ।

    स्रोत साधनको अधिकतम प्रयोग गर्दै उत्पादनलाई बढाउने उद्देश्य लिएको बैैकले स्थानीय उत्पादनलाई बजारिकरणमा समेत योगदान पुर्याउदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend