logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • विमान दुर्घटनाको बारेमा सदन र जनतालाई जानकारी गराउन काँग्रेसको माग

    विमान दुर्घटनाको बारेमा सदन र जनतालाई जानकारी गराउन काँग्रेसको माग

    2.3K
    Shares
    विमान दुर्घटनाको बारेमा सदन र जनतालाई जानकारी गराउन काँग्रेसको माग

    काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सरकार सरकार सदनप्रति उदासिन, पीडित परिवारकाप्रति निरपेक्ष र जनताकाप्रति कर्तव्यविमुख हुन नमिल्ने बताएका छन् ।

    बिहीवार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले विमान दुर्घटनामा परी निधन हुनेहरुको शव पहिचान भइसक्दासमेत आफन्तलाई बुझाउने प्रक्रियामा ढिलाइ गर्दा आफन्तमाथि झनै पीडा थपिएको बताए । उनले विमान दुर्घटनाको बारेमा उठेका सबै पक्षको सम्बोधन गर्न सरकारलाई निर्देशन गर्न पनि सदनको ध्यानाकर्षण गराए । उनले संसद बैठकमा विमान दुर्घटनामा परी निधन हुनेहरुको लागि सदनमा विषयवस्तु प्रवेश गराइने आश गरेपनि त्यसो हुन नसकेको बताए । माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सेती खोचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो ।

    उनले भने, ‘शवहरु पहिचान भइसकेको भएपनि र भेटिसकेको भएपनि अहिले पनि धेरै आफन्तहरुले शव बुझ्न पाएका छैनन् । शव चाँडो नबुझाउँदा आफन्तमा झनै पीडा र आक्रोशित हुनुहुन्छ । अधिवेशन चालु छ, संसदको बेठक बसिरहेको छ, हामीले चाहेको थिएँ यत्रो ठूलो दुर्घटना भइसकेपछि आजको बैठकमा सरकार यो विषयमा प्रवेश हुनेछ भन्ने थियो, जानकारी गराउँछ के भइरहेको थियो भन्ने थियो । तर जानकारीका साथ सरकार उपस्थित हुन सकेन । आजको कार्यसूचिमा यो कुरा छैन । आजका कार्यसूचीका विषयहरु स्थगन गरी वा केही समय पर सारेर ससदनलाई जानकारी गराउनु पर्छ । ध्यानाकर्षण गराउँछु, सरकार सदनप्रति उदासिन, पीडित परिवारकाप्रति निरपेक्ष र जनताकाप्रति कर्तव्यविमुख हुन सक्दैन । अहिले नै सरकारलाई निर्देशन गरियोस्, यो सरकारले तत्काल जानकारी गराओस् ।’

    प्रमुख सचेतक लेखकले विमान दुर्घटनाको छानबिनका लागि सरकारले ५ सदस्यीय छानबिन समिति बनाएको र समितिले आफ्नो निश्चित समयभित्र अध्ययन प्रतिवेदन बुझाउने आशा गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend