logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौँः अध्यक्ष राउत

    पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौँः अध्यक्ष राउत

    2.2K
    Shares
    पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौँः अध्यक्ष राउत

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताएका हुन् ।

    उनले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे । उनले मधेसवादी दलहरुदलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै प्रश्न गरे । उनले अनुहार, जाति र समुदाय भन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे ।

    उनले भने, ‘सभामुखको निर्वाचनको रुपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको लागि कुरा ल्याए । यो केका लागि पदको लागि मात्रै हो की , देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन । पदको लागि मात्रै किन कुरा ? दल भन्दा माथिको कुरा गरिन्छ । कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो । हामी दल भन्दा माथि उठ्छौँ तर तपाईहरु एउटा अनुहार, जातिको मुखौटो भन्दा माथि उठ्न सक्नुहुन्छ की हुँदैन ? त्यो ठूलो कुरा हो ।’

    सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरुलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए । जसमा संसदमा उपस्थित अधिकांश दल र सांसदहरुले १ मिनेट उठेर मौन धारण गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend