logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • पीएसजीको सहज जित

    पीएसजीको सहज जित

    3.4K
    Shares
    पीएसजीको सहज जित

    काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलिरलाई ३–१ गोल अन्तरले हराएको हो । पीएसजीको जितमा फाबिना रुज, लियोनल मेस्सी र वारेन जाइर–मेरीले एक–एक गोल गरे । उता मोन्टपेलिरका लागि अर्नाउड नोर्दीनले एक गोल फर्काए ।

    पहिलो हाफ गोल रहित बराबरी खेलेको पीएसजीले तीन वटै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५५औं मिनेटमा रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । खेलको ७२औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

    खेलको ८९ औं मिनेटमा मोन्टपेलिरका लागि नोर्दिनले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा वारेनले गोल गर्दै टिमलाई ३–१ गोलको जित दिलाए । जितसँगै पीएसजीले लिग वानमा २१ खेल खेल्दै ५१अंक जोडेको छ । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित मोन्टपेलिर २० अंक जोडेर तालिकाको १४औं स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend