logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ, माओवादी सहभागी भएन

    मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ, माओवादी सहभागी भएन

    3.1K
    Shares
    मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ, माओवादी सहभागी भएन

    जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । नव नियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

    आज शपथ ग्रहण गरेका मन्त्रीहरुमा महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री नियुक्त भएका छन् ।

    यसैगरी सिंहासन कलावार खानेपानी तथा उर्जा विकास, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खा आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् । शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

    नयाँ मन्त्रीमा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री मात्र सामेल भएका छन् । तर, सत्तारुढ दल माओवादी केन्द्रले भने सरकारमा कुनै पनि मन्त्री पठाएन। माओवादीले २ वटा मन्त्रालय मागेको थियो । मुख्यमन्त्रीले एउटा मात्र मन्त्रालय पाउने भनेपछि माओवादी सरकारमा सहभागी नभएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend