logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • विदेशीन लागेका १२ नेपाली महिलाको भारतबाट उद्धार

    विदेशीन लागेका १२ नेपाली महिलाको भारतबाट उद्धार

    3K
    Shares
    विदेशीन लागेका १२ नेपाली महिलाको भारतबाट उद्धार

    काठमाडौँ । वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोले मङ्सिर र पुसमा भारत पुर्‍याइएका १२ महिलालाई राजस्थान, जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरिएको जनाएको हो ।

    ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको जयपुरमा उनीहरुलाई राखिएको थियो ।

    ब्यूरोको पहलमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी, सामाजिक संस्था (हेल्प क्रस इण्डिया) र नेपालस्थित शान्ति पुनःस्थापना गृहको सहकार्यमा उनीहरुको उद्धार भएको हो ।

    उनका अनुसार उद्धार गरिएका अधिकांश ३१ देखि ४० वर्ष उमेर समूहका विवाहित महिला छन् । कतिपय यसअघि वैदेशिक रोजगारमा गएर फर्किएका महिला छन् ।

    नेपालबाट भारत लैजाने क्रममा जोगवनी, काँकडभिट्टा, जमुनाहा, सुनौलीलगायत नाका प्रयोग हुने गरेका छन् । ब्यूरोको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा बेचविखन तथा ओसापसार भएका दुई सय १४ महिलाको उद्धार गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend