logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • जनयुद्धको नाममा सार्वजनिक बिदा दिएकाेप्रति माइतीघरमा विरोधसभा

    जनयुद्धको नाममा सार्वजनिक बिदा दिएकाेप्रति माइतीघरमा विरोधसभा

    2.3K
    Shares
    जनयुद्धको नाममा सार्वजनिक बिदा दिएकाेप्रति माइतीघरमा विरोधसभा

    काठमाडौं । राष्ट्र र जनतासँग प्रत्यक्ष सरोकार राख्ने सार्वजनिक बिदा राजनीतिक दल विशेष बन्दै गएको प्रति सार्वजनिक सरोकार मञ्चले आज माइतीघर मण्डलामा एक कार्यक्रम राखी घोर भर्त्सना गर्दै विरोध गरेको छ ।

    बढ्दो बेरोजगारसँगै आर्थिकरुपमा जर्जर रहेकोे मुलुकमा एक पछि अर्को गर्दै राज्यशक्तिको चरम दुरुपयोग गरी मनलागि सार्वजनिक विदा दिएको भन्दै मञ्चले विरोध जनाएको हो ।

    एक दिनको सार्वजनिक विदाले राज्यलाई पर्ने आर्थिक भारदेखि नागरिकले पाउने प्रशासनिक सेवामा प्रभावित, विद्यार्थीहरुमा पर्ने पढाईमा बोझ र न्यायलयमा तारिक पेसी फैसला लगायतमा असर पर्ने भएपनि सरकार बेखबर रहेको मञ्चले जनाएको छ ।

    हरेक जात विशेष पर्वमा विदा, राजनीतिक पार्टी स्थापनाको विदा (शस्त्रयुद्ध दिवस सार्वजनिक विदा) लगायतका विदाले देशको आर्थिक अवस्था चुनौती बन्दै गएको सार्वजनिक सरोकार मञ्चका संयोजकसमेत रहेका डा.कृष्ण कुमार तामाङले बताए ।

    त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता हेब बहादुर खड्काले जहाज दुर्घटना हुँदा सार्वजनिक विदा, पार्टीले शस्त्रद्वन्द्व शुरुको दिनमा सार्वजनिक विदा, नेता महाराजाको जन्मोत्सवमा विदा दिनु देश र जनता माथि अन्याय भएको बताए ।

    त्यस्तै अर्का वक्ता राधाकृष्ण कटवालले सार्वजनिक विदा सम्बन्धमा स्पष्ट कानुन बनाउन जरुरी रहेको वताए । जसलाई जति बेला मन लाग्यो त्यति बेला सार्वजनिक विदा दिन नमिल्ने कानुन निर्माण हुन जरुरी भएको पनि कटवालले बताए ।

    रेमिट्यान्समा चलेको देशमा कर्मचारी रिजाउन विदा माथि विदादिने संस्कारको अन्त्य हुनुपर्नेमा कटवालले जोड दिए । विरोधसभामा समाजसेवी सुर्य खडका, राधादेवी तामाङ, डा. आमोद वञ्जन लगाएत दर्जनौं व्यक्तिहरुको उपस्थिति रहेको थियो । मञ्चले सार्वजनिक सरोकारका विषयमा निरन्तर खवरदारी गरिरहने जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend