logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सन्दीपको मुद्दा मल्ल र चुडालको इजलासमा

    सन्दीपको मुद्दा मल्ल र चुडालको इजलासमा

    3.2K
    Shares
    सन्दीपको मुद्दा मल्ल र चुडालको इजलासमा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ । आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ ।

    सन्दीपले दायर गरेको मुद्दासँगै नेपाल सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिनेछ । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए ।

    लामिछानेमाथि एक नाबालिकलाई बलात्कार गरेको आरोप छ । उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ । तर पाटन उच्च अदालतले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशमा विदेश जान पनि सरकारको अनुमति लिनुपर्ने उल्लेख छ ।

    त्यसविरुद्ध महान्यायाधिवक्ताको कार्यालय निवेदन पेश गरेको थियो । सन्दीपले पनि आफू क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए । यी दुवै निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend