logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • नेपाली सेनाको आयोजनामा रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम

    नेपाली सेनाको आयोजनामा रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम

    2.4K
    Shares
    नेपाली सेनाको आयोजनामा रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम

    कञ्चनपुर । रक्षा क्षेत्रमा क्रियाशिल मिडियाकर्मीहरुलाई नेपाली सेनाबारे जानकारी गराउँने उद्देश्यका साथ रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम नेपाली सेनाको सुदूरपश्चिम पृतना गणद्वारा आज बिहिवार देखि आयोजना गरिएको छ । सेना र सञ्‍चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्ने हेतुले विभिन्न सञ्‍चार माध्यमका २० जना संवाददाताहरुको सहभागितामा सुदूर पश्चिम पृतनाले  फाल्गुण १४ गतेदेखि कञ्चनपुरमा ६ दिने रक्षा क्षेत्र सम्बन्धी अभिमुखिकरण कार्यको कञ्चनपुरमा शुभारम्भ गरेकाे हो।

    सुदूर पश्चिम पृतना को जिम्मेवारी क्षेत्र अन्तर्गत रहेर कार्यरत संवाददाताहरु सहभागी उक्त रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रमको पृतनापति उपरथी विजय थापाले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली सेनाका रथीहरु तथा अधिकृतका साथै रक्षा मन्त्रालयका अधिकृतको समउपस्थिती रहेको थियो ।
    उक्त अभिमूखिकरण कार्यक्रममा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया सहितको जानकारीमूलक कार्यक्रम सञ्‍चालन गर्नुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍ज लगायतका इलाकाहरुको भ्रमण गराउने योजना रहेको नेपाली सेनाले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend