logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • एमालेबाट निर्वाचित प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरू काठमाडौंमा

    एमालेबाट निर्वाचित प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरू काठमाडौंमा

    3.1K
    Shares
    एमालेबाट निर्वाचित प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरू काठमाडौंमा

    काठमाडौं । एमालेबाट प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा निर्वाचित भएका सांसदहरू काठमाडौंमा भेला भएका छन् । तीन दिनपछि हुन लागेको राष्ट्रपतिको निर्वाचनको लागि नेकपा एमालेले सांसदहरूलाई काठमाडौंमा बोलाएर प्रशिक्षण दिन सुरु गरेको छ ।

    एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । यता गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् ।

    प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेताहरुको सहभागीता रहेको छ ।

    फागुन २५ गते बिहीबार हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । निर्वाचन आयोगले आजै राति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाउँदै निषेधको अवधिमा प्रचार प्रसार गर्न नपाइने जनाएको छ ।

    मौन अवधि सुरु हुनु अगाबै एमालेले देशैभरका सांसदहरुलाई काठमाडौंमा बोलाएर राष्ट्रपतिमा सुवास नेम्वाङलाई जिताउन प्रशिक्षण दिएको हो ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend