logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्छ : पूर्ण बस्नेत

    उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्छ : पूर्ण बस्नेत

    3.1K
    Shares
    उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्छ : पूर्ण बस्नेत

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले उक्त टिप्पणी गरेका हुन्।

    राजनीतिको नाममा सस्तो लोकप्रियतामा आत्मरती गर्ने र जनतालाई भ्रमित पार्ने काम भइरहेको छ । यिनीहरुले आन्दोलनका महत्वपूर्ण उपलब्धीहरुमाथि हिलो छ्याप्ने काम गरिरहेको बस्नेतले दाबी गरेका छन् ।

    ‘राजनीतिमा अराजनीतिक तत्वको प्रवेशले लोकतन्त्र, समानुपातिक समावेशीता, गणतन्त्र, संघीयता नीरिह हुन थालेको छ । बाह्रय हस्तक्षेप र प्रभाव बढाउने काम भएको छ । उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्छ,’ बस्नेतले भनेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend