logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • समाज र नागरिकहरुलाई सभ्य बनाउन खेलाडीहरु अनुशासित हुन आवश्यकः प्रकाशमान सिंह

    समाज र नागरिकहरुलाई सभ्य बनाउन खेलाडीहरु अनुशासित हुन आवश्यकः प्रकाशमान सिंह

    2K
    Shares
    समाज र नागरिकहरुलाई सभ्य बनाउन खेलाडीहरु अनुशासित हुन आवश्यकः प्रकाशमान सिंह

    काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समाज र नागरिकहरुलाई सभ्य बनाउन खेलाडीहरु अनुशासित हुन आवश्यक रहेको बताएका छन् ।मंगलवारबाट काठमाडौंमा शुरु भएको वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप, २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    नेता सिंहले जुनसुकै विधाका खेलाडीहरु पनि अनुशासित भएर खेलमा प्रश्तुत हुँदा उनीहरुका गतिविधिले समाज परिवर्तन गर्न र सभ्य समाजको निर्माण गर्न सहयोग पुग्ने बताए । उनले खेलाडीहरुबाट अनुशासित नागरिक उत्पादन गर्न सकिने बताए । उनले खेलले स्वस्थ बनाउने मात्रै नभइ समाज सभ्य राख्न महत्वपूर्ण भुमिका खेल्ने बताए ।

    उनले भने, ‘खेलाडीहरु जुनसुकै विधाका किन नहुन्, फुटबल, क्रिकेट, भलिबल, ब्यामिन्टन, टेबलटेनिस सबै किसिमका खेलाडीहरुले नेपाली नागरिकलाई असल नागरिक बनाउनमा खेलाडीहरु अनुशासित हुनुपर्छ । खेलाडीहरुबाट अनुशासित नागरिक उत्पादन गर्न सकिन्छ, यसलाई मध्यनजर गरेर हामी अघि बढ्नुपर्छ । हामी स्वास्थ्यको कुरामा मात्रै नभइ सचेत नागरिक बन्न पनि खेलकुदले महत्वपूर्ण भुमिका निर्वाह गर्छ । सबै खेलाडीहरुले आफ्नो प्रतिभालाई प्रस्फुटन गर्ने मौका दिएको छ । यसमा तपाईहरुले आफ्नो प्रतिभा देखाउन सक्नुहुनेछ । राष्ट्रिय स्तरमा छनोट हुन यो महत्वपूर्ण सावित हुन्छ ।’

    नेता सिंहले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलाडीहरु उत्पादन स्थल भएको र यस प्रतियोगिता खेलाडीहरुका लागि पनि राष्ट्रिय स्तरमा छनोट हुने माध्यम बन्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend