logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस

    पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस

    2.5K
    Shares
    पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस गरेका छन् ।

    किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा तथा जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले सो ज्ञापनपत्र बुझाएको हो ।

    प्रदेशको नामकरण कोशी भएपछि उत्पन्न परिस्थितिलाई तत्काल वार्ताबाट समाधान गर्न र आन्दोलनका क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    ज्ञापनपत्रमा पहिचानका पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीसमक्ष अनुरोध गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend