logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि होः सांसद गैरै

    सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि होः सांसद गैरै

    1.4K
    Shares
    सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि होः सांसद गैरै

    काठमाडाै‌ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि मात्रै हुने बताएका छन् । बिहीवार संसद भवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

    उनले सरकार साझा न्युनतम कार्यक्रम बनाउने कुरामा मात्रै सिमति हुँदा कार्यान्वयनको पक्ष फितलो भएको बताए । उनले सरकारको न्युनतम साझा कार्यक्रम मुख्य कार्यान्वयको विषय बन्न नसकेको बताए ।

    सांसद गैरेले सरकार सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित भएको आरोप mगाए । उनले न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय रहेको उल्लेख गरे ।

    उनले भने, ‘सरकार साझा न्युनतम कार्यक्रम बनाउने र त्यसको कार्यान्वयन गर्ने विषयमा सरकार साझा न्युनतम कार्यक्रम बनाउनेकुरामा मात्रै केन्द्रित हुने, त्यसको कार्यान्वयन सरकारको विषय नबन्ने यो मुल समस्या हो । शुरुको सरकार बन्दा पनि हामीले उन्नत खालको न्युनतम साझा कार्यक्रम बनाएका थियौँ । त्यो भन्दा उत्तम बन्न सक्ने स्थिति छैन, तर त्यो सरकारको मुख्य कार्यान्वयको विषय बनेन । यो सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित छ । यो न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय हो, कार्यान्वयनका लागि हो भन्ने म ठान्दिनँ । शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरुमा बजेट कटौति गरिएको छ, कटौति गर्ने अभियान जारी गरिएको छ । आर्थिक शंकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्न थालिएको छ, त्यो भनेको सरकारले विद्यमान आर्थिक शंकट के हो ? भन्ने विषयलाई मुख्य विषय बनाएर छलफल गरी समाधान गर्नुपर्ने हो, त्यसतर्फ सरकारको कुनै चासो छैन ।’

    सांसद गैरेले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरुमा बजेट कटौति गर्ने खबर पाएको भन्दै आर्थिक शंकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्नु गलत भएको बताए । उनले सरकारले वर्तमान आर्थिक शंकटका बारेमा चासो नदिएको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend