logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • वर्तमान गठबन्धन संविधानको प्रतिविम्ब हो : पूर्ण बस्नेत

    वर्तमान गठबन्धन संविधानको प्रतिविम्ब हो : पूर्ण बस्नेत

    2.9K
    Shares
    वर्तमान गठबन्धन संविधानको प्रतिविम्ब हो : पूर्ण बस्नेत

     

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमख पूर्ण बस्नेतले वर्तमान गठबन्धन संविधानको प्रतिविम्व भएको बताएका छन् । सत्ता साझेदार दलहरुको गठबन्धनबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले उक्त कुरा बताएका हुन् ।

    गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता लगायतका प्राप्त पछिल्ला राजनीतिक उपलब्धीहरुमा वर्तमान गठबन्धन दल र यी दलका नेताहरुको अहम् भूमिका रहेको छ, बस्नेतले लेखेका छन् । अन्य दलहरु संविधानका यी व्यवस्थाहरु उल्ट्याउन चाहन्छन् । जनताको वलिदानबाट प्राप्त यी उपलब्धीहरुप्रति अनुदार छन् ।

    कतिपय दलहरुको यी व्यवस्था ल्याउनमा कुनै किसिमको राजनीतिक योगदान र भूमिका नभएका कारण उदासीन देखिन्छन् । कतिपय दलहरु संविधानको विरोध गर्न बनाइएका हो बस्नेतको भनाइ छ ।

    बस्नेत भन्छन्, संविधानका मुलभूत विषयहरुमा कुनै सम्झौता नगर्ने दृढता र अठोेटले गठबन्धन जन्माएको हो । संविधानको रक्षार्थ गठबन्धन दलहरु एकतावद्ध भएरै रहन्छन् । वर्तमान गठबन्धन संविधानको प्रतिविम्ब हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend