logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • उपनिर्वाचन लक्षित प्रचारप्रसारलाई मर्यादित बनाऔँ : पूर्ण बस्नेत

    उपनिर्वाचन लक्षित प्रचारप्रसारलाई मर्यादित बनाऔँ : पूर्ण बस्नेत

    3.2K
    Shares
    उपनिर्वाचन लक्षित प्रचारप्रसारलाई मर्यादित बनाऔँ : पूर्ण बस्नेत

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचन लक्षित प्रचारप्रसारलाई मर्यादित बनाउन आग्रह गरेका छन् । उपनिर्वाचनको प्रचारप्रसार निर्वाचनसँग असम्बन्धित छिमेकी मुलुकप्रति समेत लक्षित हुन थालेपछि उनले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यानाकर्षण गराएका हुन् ।

    चालु उपनिर्वाचनको दौरानमा विपक्षी दलका उम्मेदवार र उनका कार्यकर्ताहरुले हाम्रो पार्टी र उम्मेदवारविरुद्ध भ्रमपूर्ण, अमर्यादित र अराजनीतिक टिका टिप्पणी गर्ने गरेको देखियो । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले हाम्रो पार्टीका नेताको नक्कली आइडी बनाएर मित्र राष्ट्रलाई समेत घोचपेच गर्ने र चिढ्याउने प्रचार सामग्री प्रशारण गर्न थालेको पाइयो । यस्ता कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मित्र राष्ट्रप्रति हामी सदैव उच्च सम्मान र मर्यादा प्रकट गर्दछौ । अतः यस्ता घृणित कार्य कसैले पनि नगर्न, नगराउन हामी अनुरोध गर्दछौँ । यो कानुनीरुपमा समेत दण्डनीय कार्य हो, बस्नेतले भनेका छन् ।

    हामी रचनात्मक र सन्देशमुलक प्रचार सामग्री बनाउने र सम्प्रेषण गर्ने गर्दछौं । अरु उम्मेदवारसँग कुनै एजेण्डा नभएको कारण हामीविरुद्ध झुठो आरोप, प्रत्यारोपमा उत्रिएका हुन् । विपक्षीहरुको यस्तो आरोपको प्रतिक्रिया र विरोध सम्भव भए सम्म रचनात्मक हुनुपर्दछ ।

    हाम्रो उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्र, मधेस र मधेसी जनताका लागि अनि यो मुलुकका लागि आजसम्म गरेका कार्य, आगामी दिनहरुमा गर्ने र गर्न सक्ने कार्यहरु हाम्रो मुख्य प्रचार सामाग्री हुन् । उपनिर्वाचन लक्षीत प्रचारप्रसारलाई मर्यादित बनाऔँ, बस्नेतको आग्रह छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend