logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन

    थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन

    1.9K
    Shares
    थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन

    काठमाडौँ । काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन । काठमाडौँतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारीसाधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन ।

    बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडी बढ्न नसकेको काठमाडौँस्थित सडक डिभिजन कार्यालयले जनाएको छ । काठमाडौँबाट जाने सडक ट्रयाक खुलेर कटिङमात्र गरिएको छ ।

    “ठाउँ–ठाउँमा कहिलेकाहीँ मर्मत हुने गरेको भए पनि स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ । सडक डिभिजनसँग स्तरोन्नतिका लागि बजेट छैन”, कार्यालयका इञ्जीनियर नेत्र पौडेलले भने । बल्खुबाट फर्पिङ हुँदै हेटौँडातर्फ निर्माण भइरहेको छ । यहाँ गाडीको चाप बढी हुँदा मर्मत गरिएका सडक पनि चाँडो बिग्रिरहेको उनको भनाइ थियो ।

    थानकोटबाट साढे दुई किमी कालोपत्र गरिएको छ । त्यहाँबाट छ किमी काठमाडौँसम्म सडक बिग्रिएको छ । मोड बढी हुनाका साथै बाटोको ग्रेड पनि बढी भएकाले मर्मत गरिएका सडक बिग्रिरहेको जनाइएको छ । चित्लाङको दुई किमी कालोपत्र भइरहेको छ । थानकोटतर्फ धेरै स्थानमा बाटो बिग्रिएकाले स्तारोन्नतिमा समस्या भइरहेको छ ।

    गत वर्ष चित्लाङ बजारबाट थानकोटतर्फको दुई किमी सडक कालोपत्रका लागि ठेक्का भएको थियो । अहिले भइरहेको स्तरोन्नतिको काम चालु आवमा सकिने इञ्जीनियर पौडेलले जानकारी दिए । थानकोट–चित्लाङ सडकलाई गणेशमान सिंह मार्ग नामकरण गरिएको छ । मकवानपुरतर्फ पनि विभिन्न खण्डमा सडक मर्मत भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend