logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सिन्धुलीमा कार दुर्घटनामा मृतक भारतीय नागरिकको पहिचान

    सिन्धुलीमा कार दुर्घटनामा मृतक भारतीय नागरिकको पहिचान

    1.8K
    Shares
    सिन्धुलीमा कार दुर्घटनामा मृतक भारतीय नागरिकको पहिचान

    सिन्धुली । सिन्धुलीमा गएराति भएको भारतीय कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन् । कारमा सवार पाँचमध्ये एकजना घाइते भएका छन् ।

    दुर्घटनामा घाइते ४७ वर्षीय धर्मेन्द्रकुमार सोनीलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

    दुर्घटनामा घाइते भएका ३२ वर्षीय अभिषेक ठाकुरको सिन्धुली अस्पतालमा मृत्यु भएको छ । राति १२ः३० बजेको समयमा भएको दुर्घटनामा घाइते दुई जनालाई उद्धार गरी आज बिहान उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा ठाकुरको सोही अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए ।

    उक्त दुर्घटनामा अरु तीन जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक सिलवालको भनाइ थियो । मृत्यु हुनेमा ४२ वर्षीय राकेशकुमार सिं, ३६ वर्षीय मनु सिं र ३२ गवर सिं रहेका छन् । सिन्धुली हुँदै काठमाडौँतर्फ जाँदै गरेको विआर ०६ डिडि ०६८७ नंम्बरको भारतीय कार अनियन्त्रित भएर बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका– ३ सिन्धुलीगढी नजिकै दुर्घटना भएको थियो । कार सडकबाट ५०० फिट तल खसेको थियो । अहिले शव घटनास्थलबाट सडकमा निकालेर शवबहानबाट सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

    नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शव घटनास्थलबाट निकालेको थियो । दुर्घटना भीरमा भएका कारण उद्धार टोलीले कठिन तरिकाले शव निकालेको प्रहरी उपरीक्षक सिलवालले बताए । भीरमा भएको दुर्घटनामा उद्धार गर्न गएका केही प्रहरीसमेत भीरबाट खसेको ढुङ्गाले लाग्दा सामान्य घाइते भएका थिए । कारमा सवार व्यक्ति धार्मिक यात्राका लागि नेपाल आएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend