logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड संसदबाट हराउनुभयो : रघुजी पन्त

    प्रधानमन्त्री प्रचण्ड संसदबाट हराउनुभयो : रघुजी पन्त

    2.7K
    Shares
    प्रधानमन्त्री प्रचण्ड संसदबाट हराउनुभयो : रघुजी पन्त

     

    काठमाठौं । नेकपा (एमाले)का नेता एवम् सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदबाट हराएको टिप्पणी गरेका छन् । आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहाल संसदमा नआएकोमा व्यंग्य गरेका हुन् ।

    उनले प्रहरीले नागरिक हराएको बेला सूचना जारी गरेजसरी प्रधानमन्त्री दाहाल हराएको भन्दै कसैले भेटेमा संसद भवन नयाँ बानेश्वरमा बुझाउन पनि भनेका छन् । प्रधानमन्त्री दाहाल संसदमा आउनै छाडेकाले सो सूचना जारी गर्नु परेको उनको भनाई थियो ।

    सांसद पन्तले भने, ‘सभामुख महोदय, नागरिकको नाम श्री पुष्पकमल दाहाल । चलनचल्तीको नाम प्रचण्ड । अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार । हुलिया । पहिलेपहिले कोट पेन्ट लगाउने गरेपनि हाल दोरा, सुरुवाल र टोपी पनि लगाउने, उमेर ६५ नाघेको, ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिन अघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नु हुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाई दिनु होला । उहाँ अन्तिम पटक देखिएका स्थान बालुवाटारको छेउछाउ ।’

    सांसद पन्तले केही दिनअघि संसदमा झुलुक्क झल्किएका प्रधानमन्त्री दाहाललाई आफूले अन्तिम पटक बालुवाटार छेउछाउ देखेको कटाक्ष पनि गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend