logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • जनतामा भ्रम छर्न रविले भ्रष्टाचार र सुशासनका नारा लगाए : सचिव भट्टराई

    जनतामा भ्रम छर्न रविले भ्रष्टाचार र सुशासनका नारा लगाए : सचिव भट्टराई

    1.9K
    Shares
    जनतामा भ्रम छर्न रविले भ्रष्टाचार र सुशासनका नारा लगाए : सचिव भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई ढाँटेको बताएका छन् । आईतवार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले प्रक्रिया पूरा नगरी निर्वाचनमा प्रतिष्पर्धा गर्नु भनेको देश, जनता, कानून, संविधानलाई ढाँटेकाे बताए । उनले नेकपा एमालेलाई ७० वर्षसम्म पनि नआएका प्रश्नहरुको सभापति लामिछानेले ७ महिना नपुग्दै यति धेरै जवाफ दिनुपर्ने स्थितिको सिर्जना भएको बताए । उनले सभापति लामिछानेले दिएका भ्रष्टाचार, सुशासनका नारा जनतालाई भ्रम पार्नका लागि मात्रै भएको बताए । उनले रास्वपा सभापति लामिछाने अग्र्यानिक क्याण्डिडेट नभएको बताए । उनले सभापति लामिछानेले सार्वजनिक खरिद ऐनको विपरित ठेक्कापट्टामा निर्णय गरेको भन्दै बिरोध गरे ।

    उनले भने, ‘हामी नेकपा एमालेलाई त जनताले प्रश्न गर्छन्, गर्नुपर्छ । हामीलाई जे प्रश्न आएका छन्, करिव ७० वर्षको अन्तरालमा आएका प्रश्न हुन् । तर रवि लामिछानेजीलाई ७० वर्ष होइन, ७ महिना पनि परेन । यति छोटो समयमा हामीलाई भन्दा धेरै प्रश्न आइसकेका छन् । त्यसैले उहाँले दिएका भ्रष्टाचारबिरुद्धका नारा, सुशासनका नाराहरु यी सबै बेकार हुन् । यी सबै जनतालाई भ्रममा पार्ने कुरा हुन् । उहाँ कुनै भर्जिन, अग्र्यानिक क्याण्डिडेट होइन । उहाँको व्यक्तिगत कुरा सबै मान्छेले देखिरहेका नै छन् । उहाँको पार्टीमा केके भइरहेको छ, अडियो काण्ड आइरहेका नै छन् । कसरी उहाँले सार्वजनिक खरिद ऐनको विपरित ठेक्कापट्टामा निर्णय गर्नुभयो, भोलिपल्ट मन्त्री पद छोड्नुपर्ने भयो । अघिल्लो दिन हतारहतार फाइलहरु किन स्वीकृत भए । यी प्रश्न छन् । एउटा सभ्य समाजमा मान्छेले गल्ती गर्नसक्छ, त्यसप्रति माफी पनि हुन्छ । तर सभ्य समाजलाई ढाँट्ने कुरा ठूलो अपराध हो । रवि लामिछानेजीले गल्ती गर्नुभएको होइन, ढाँटेको हो । समाज र राज्यलाई ढाँटेको हो । सिंगो मुलुकलाई ढाँटेको हो । कानून, संविधान यी सबै कुरालाई ढाँट्नुभएको हो । उहाँले ५ वर्ष ढाँटेकोप्रतिको प्रायश्चित गर्नुपर्ने थियो । तर अहिले चुनाव लडिरहनुभएको छ । त्यसले कस्तो राजनीतिकर्मी अघि बढाउने हो भन्नेकुरा हो ।’

    सचिव भट्टराईले जनतालाई ढाँटेकोप्रति ५ वर्ष प्रायश्चित गर्नुपर्नेमा लामिछाने चुनाव उठिरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend